खबर

आज कहाँ-कहाँ वर्षा ?

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावका कारण अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ ।

आज बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा समेत मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशभर आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । रातीसम्म लुम्बिनी र सुदूर–पश्चिम प्रदेशको एक–दुई–स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाका कारण उक्त क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुंदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button