कला

भारतीय गीतकार अञ्जान राजधानीमा अभिनन्दित

काठमाडौँ।

गीतकार संघ नेपाल र श्री लुनकरणदास–गंगा देवी चौधरी साहित्यकला मन्दिरद्वारा सयुक्त रूपमा शनिबार राजधानीमा आयोजित एक समारोहमा भारतका प्रसिद्ध गीतकार समीर अञ्जान अभिनन्दित भएका छन्।

करिब हिन्दी फिल्मका लागि ६ हजार गीत लेखिसकेका गीतकार अञ्जानलाई उनको पहिलो नेपाल भ्रमणका क्रममा अभिनन्दन गरिएको हो। समारोहमा श्री लुनकरणदास–गंगा देवी चौधरी साहित्यकला मन्दिरका संरक्षक तथा बसन्त चौधरीले अञ्जानले हिन्दी सिनेमा र साहित्यमा गीत लेखनमार्फत पु¥याएको योगंदानको चर्चा गरे।

गीतकार अञ्जानले हालसम्म चार सय हिन्दी सिनेमाका लागि करिब ६ हजार गीत रचना गरिसकेका छन्। यसका लागि उनलाई गिनिज विश्व रेकर्डले पनि सम्मान गरिसकेको छ। अञ्जानले आशिकी, बढे मिया छोटे मिया, राजा हिन्दूस्तानी, कुछ कुछ होता है, क्रिस, धूमजस्ता सिनेमाका सबै गीत रचना गरेका हुन्। उनी भारतको प्रतिष्ठित फिल्म फेयर अवार्डबाट पनि सम्मानित भइसकेको छन्।

समारोहमा गीतकार एसपी कोइराला, राजेन्द्र थापा, रमण घिमिरे, करुण थापा, डा. भोला रिजाल, संगीतकार दीपक जंगम, शम्भुजित बास्कोटा, राजु सिंह, लक्ष्मण शेष, साहित्यकार उषा शेरचनलगायत नेपालका गीतकार, संगीतकार तथा साहित्यकारको उल्लेखनीय सहभागिता रहेको थियो।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button