मूल खबर

‘प्रतिक्रियावादीहरुले चुनावमा भेटौँ भन्छन् भने ठिक छ, सडकमा भेटौँ भने भिडन्तका लागि युवा संघ तयार छ’

काठमाडौँ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताएका छन् ।

शुक्रबार युवा संघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए ।

“राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् । युवा संघले रातो टोपी लगाएर मैदानमा उत्रिएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने, “देश संकटमा परेको बेला हामी यहाँ छौँ भनेर काँध थाप्यो, धन्यवाद ।”

युवा संघले जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ छ ।

“प्रतिक्रियावादीहरूले चुनावमा भेटौँ भन्छन् भने ठिक छ,” ओलीले भने, “सडकमा भेटौँ भने मिति तोकेर भिडन्तका लागि युवा संघ तयार छ ।”

उनले युवासंघले एक झलक देखाएको भन्दै सिंगो एमाले उत्रियो भने के हुन्छ भन्दै प्रश्न गरे ।

“यो त एमालेको काहिँलो छोरा/छोरी हो । युवा संघले एक झलक देखाएको छ । सिंगो एमाले उत्रियो भने के हुन्छ,” उनले प्रश्न गरे ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button