
कविता
तन्त्रको चक्रब्यूहमा
फस्यो जनता
लय र तन्मयताले
गीत गाइरहेछ
गणतन्त्रको जय(जयकार
जोर शोरले लगाईरहेकाछन्
जाति—पाती —धर्मको
भेदभाव संवैधानिक
अपराध हो
तर, विविध सुविधा र
आरक्षण पाउनु पनि
संविधान सम्मत मौलिक
नागरिक अधिकार हो।
गुलामी गर्नु पनि
जंगल पहाड़ नदी नाला
खेत बारीबाट
बचित गर्न सक्दैन कहिल्यै पनि
नागरिकको अधिकार
तर देखिएन स्वतन्त्रता
खोसी दियो
ग्रामीण जनताको अधिकार
फेरी पनि
आफुलाई खुशी राख्नु छ
स्वतन्त्रता र गणतन्त्रको
जय —जयकार
तन्मयताले लगाउनु छ
नत्र तत्काल देशद्रोहीको
मोहर लगाई दिनेछन्
चाहे जस्तो पनि अबस्था होस
हुने गर्छ आफ्नो अधिकार माथि
कब्जा र बलात्कार
तर ,कुरा अधिकारको गर्नु
संवैधानिक अपराध हो
दुःख मान वा सुख
गर्नु छ संविधानको
निश्चित सम्मान हो


