मूल खबर

मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने

छिमेकी मुलुक भारतको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्न लाग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने भएको छ।

तेस्रोपटक लगातार प्रधानमन्त्री बन्न लाग्नुभएको मोदीले आइतबार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको हो।

त्यस्तै, बैठकले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी, औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओली, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर राईलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले मेलाम्ची खानेपानी आयोजनाको हेडवक्र्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै, बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णयसमेत गरेको छ ।न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button