मूल खबरहेड लाइन

यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ, हामी कम्तीमा सय सिट ल्याउने गरी लागौँ : महामन्त्री थापा

काठमाडौँ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

महामन्त्री थापाले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तीमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । उनले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । उनले म जादुगर हो भने जसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन आग्रह गरे ।

महामन्त्री थापाले कांग्रेसले ०८४ मा कम्तीमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने बताए ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button