
बिर्तामोड़ । पिछड़ा बर्ग उत्थान संघ नेपाल बिर्तामोड़ झापाको आयोजना र बिर्तामोड़ नगर पालिकाको सहयोगमा २दिने पापड़, तिलौरी, अचार नमकीन बनाउने तालिम को सोमबार बिर्तामोड़ ३ का वड़ा अध्यक्ष मदन बुढ़ाथोकीले दीप प्रज्वलित गरी तालिमको सुभारम्भ गरेकाछन् ।
संघका अध्यक्ष शंकर शर्माको अध्यक्षतामा भएको सो उद्घाटन सत्रमा नेपाल पिछड़ा बर्ग महासंघ कोशी प्रदेश अध्यक्ष श्रीकृष्ण मेहताले वर्गीय हक अधिकारका लागि संघर्षमय इतिहास बोकेको पिछड़ा वर्गको सांगठनिक भूमिकाले प्राप्त गणतन्त्र र संघीयताको मूल्य, मान्यता र आदर्शलाई यो बर्गको समेत योगदान रहको बताए ।
कार्यक्रममा नेपाल मधेशी समाज बिर्तामोड़का अध्यक्ष रामेश्वर मण्डल, चेतना नेपालका अध्यक्ष इन्द्र ओली, जनमत पार्टी झापाका इन्चार्ज दशरथ मुखिया, प्रशिक्षक बिश्वनाथ चौधरी लगायतका बक्ताहरुले तालिमको सफलताको कामना गरेका थिए।युवा तथा महिला स्वरोजगार, सिप बिकास तालिमको ब्यानरमा संचालित सो तालिम्मा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।



