खबर

‘छुवाछूत कुप्रथा हो’

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संवैधानिक व्यवस्था कार्यान्वयन नहुँदा दलित समुदाय आन्दोलनमा आउनुपरेको बताउनुभएको छ ।

२५ दिनदेखि माइतीघर मण्डलामा सडक धर्नामा बसेका दलितका लागि दलित अभियानलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानमा भएको व्यवस्थालाई ऐन बनाएर कार्यान्वयन गरौँ, दलितलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था छ, त्यो कार्यान्वयन गरिदिए भयो त । एक पटकका लागि जमिन उपलब्ध गराउने व्यवस्था छ तर कार्यान्वयन भएको छैन ।”

दलितलाई १३ प्रतिशत समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “छुवाछूत वर्ण व्यवस्थाले सिर्जना गरेको कुप्रथा हो । यो दक्षिण एसियामा अझै विद्यमान छ ।”

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button