भिडियो चौतारीहेड लाइन

आगो निभाउन गएको दमकल नै बिमारी भएपछि,मेचीनगरको दमकलको हालत!

झापाको मेचीनगर नगरपालिका बेलाबखतमा चर्चामा आउने नाम हो । विभिन्न विषय र शीषर्कमा चर्चा पाउने यो नगरपालिकाको दमक प्रसङ्गले फेरि एक पटक चर्चा बटुलेको छ । मंगलबार साँझ नगरपालिका कार्यालय छेउमा एउटा भारतीय नम्बरको गाडीमा आगो लाग्छ, मेचीनगर नगरपालिकाको दमकल पनि पुग्छ तर दुःखको कुरो प्राविधिक कारणले दमकले पानी फ्याक्न सक्तैन र स्थानीय ले बाल्टीमा पानी थापेर आगो नियन्त्रणका लागि प्रयास गर्न पुग्छन् ।तर, यो समय सम्म पुग्दा सो सवारी साधन लगभग जलिसकेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button