खबर

लुकाएर नेपाल ल्याउँदै गरेको करिब ५ सय केजी माछा सशस्त्रले समायो ।

मेचीनगर ।गैर कानुनी रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको करिब ५ सय २० केजी माछा सशस्त्र प्रहरीले पक्राउ गरेको छ। आइतबार पूर्बी सीमावर्ती भारतीय बजार पानीटेङकीबाट ल्याएका करिब ५ सय २० केजी विभिन्न जातका माछा सशस्त्रप्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा काकँरभिटटाले पक्राउ गरेको हो। उक्त माछा सीमावर्ती नाका मेचीपूल, बसपार्क , मेचीँडाडा, जोरसिमल, भन्सार ढाट लगाएतका स्थानबाट पक्राउ गरेको सीमा सुरक्षा काँकरभिट्टन डिएसपी लोकनाथ उप्रेतीले बताए । नेपालमा भन्दा भारतीय बजारमा सस्तो पाउँने भन्दै चोरीबाटोबाट भारतीय माछानेपाल भित्रिन थाले पछि सीमामा कडाई गरिएको हो। परिक्षण समेत नगरि भारतीय माछा नेपाल भित्रिए पछि नेपाली व्यवसायीहरूले सम्बन्धित निकायलाई पटक पटक रोक्न आग्रह गर्दै आएका छन्। करिब १ लाख ८२ हजार २ सय मुल्यका उक्त माछा पशु क्वारेन्टाइन कर्मचारी र , जनप्रतिनिधिको उपस्थितिमा प्रहरीले नस्ट गरेको डिएसपी उप्रेतीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button