खबर

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा गोविन्द

झापा ।

समाजवादी प्रेस संगठन नेपाल झापाको अध्यक्षमा गोविन्द लुवागुन सर्वसम्मत चयन भएका छन्।

बुधबार झापाको सुरुङ्गामा सम्पन्न भेलाले लुवागुनको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा उपाध्यक्षमा रिता दाहाल र डिकेन्द्र बस्नेत चयन भएका छन्।

त्यस्तै, सचिवमा सुरज प्रधान, सहसचिवमा नवराज सुवेदी र दिपिका लोहार तथा कोषाध्यक्षमा एलिजा भेटवाल चयन भएका छन्। सदस्यहरूमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी, र जयकुमार राई रहेका छन्।

कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर १ का इन्चार्ज तीर्थ सिग्देल प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथिका रूपमा नेकपा एसका जिल्ला उपाध्यक्ष बासु दुलाल, प्रत्युष राना, जिल्ला सचिवालय सदस्य पशुराम शंकर, तथा संगठनका संस्थापक केन्द्रीय सदस्य लिला बराललगायतको उपस्थिति थियो।

नवनिर्वाचित सदस्यहरूलाई बधाई तथा शुभकामना दिँदै नेकपा एसका जिल्ला उपाध्यक्ष बासु दुलाल, प्रत्युष राना, र संगठनका संस्थापक केन्द्रीय सदस्य लिला बरालले संगठनको भविष्यमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन सचिव सुरज प्रधानले गर्नुभएको थियो भने स्वागत मन्तव्य समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अनिलदेव राईले दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button