मूल खबरहेड लाइन

प्रदर्शनकारीको उदण्डता : कोटेश्वर भाटभटेनीमा लुटपाट

कोटेश्वर भाटभटेनीमा लुटपाट गर्दै प्रदर्शनकारी ।

काठमाडौँ, चैत १५ गते। तीनकुने क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका केही समूहले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै तीनकुने र कोटेश्वर क्षेत्रमा लुटपाट मच्चाएका छन्। कोटेश्वरमा आगजानी भएपछि तितरवितर भएका प्रदर्शनकारी लुटपाटमा संलग्न भएका हुन्।

प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा तोडफोड गर्दै लुटपाटसमेत गरेका छन्। भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा फलफूल, पेय पदार्थसँगै अन्य सामान लुटेको देखिन्छ। शुक्रबार पूर्वराजा समर्थकको एक समूहले तीनकुनेमा विरोध कार्यक्रम राखेको थियो ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button