मूल खबरहेड लाइन

दोषीलाई हदै सम्मको कारबाही गर्न श्रमजीवी पत्रकार संघको माग

काठमाडौ ।आन्दोलनको नाममा केही अराजक समुहले आज (शुक्रवार )गरेको आगजनीको दृश्य खिच्ने क्रममा एभिन्युज टिभीका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ । त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, तोडफोड गर्ने, सवारी साधनमा आगो लगाउने अमानवीय कार्य भएकोमा श्रमजीवी–पत्रकार संघ, नपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीले विज्ञप्ति जारी गर्दै

आगलागी भएको भवनको रिर्पोटिङ गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएकोमा यस्तो जघन्य अपराधको निन्दा एवं भत्र्सना गर्दै दोषीलाई हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेकाछन् ।विज्ञप्तिमा
जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला गरेर समग्र सञ्चारजगत आतंकित भएको छ । त्यसको सुरक्षाको प्रत्याभूति दिन नसक्ने सरकारको रवैया पनि उत्तिकै निन्दनीय छ ।

आन्दोलनको नाममा संचारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य सञ्चारजगतलाई कुनै हालतमा स्वीकार्य हुन सक्दैन । यस्तो गैरकाननी र अमानवीय कार्यमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन र क्षति पु¥याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सरकारसमक्ष माग गर्दछौं ।

प्रेस विज्ञप्ति

आन्दोलनको नाममा केही अराजक समुहले आज शुक्रवार गरेको आगजनीको दृश्य खिच्ने क्रममा एभिन्युज टिभीका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ । त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, तोडफोड गर्ने, सवारी साधनमा आगो लगाउने अमानवीय कार्य भएकोमा श्रमजीवी–पत्रकार संघ, नपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

आगलागी भएको भवनको रिर्पोटिङ गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएकोमा यस्तो जघन्य अपराधको निन्दा एवं भत्र्सना गर्दै दोषीलाई हदैसम्मको कारवाही गर्न सरकारसँग श्रमजीवी पत्रकार संघ जोडदार माग गर्दछ । 
जनतालाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला गरेर समग्र सञ्चारजगत आतंकित भएको छ । त्यसको सुरक्षाको प्रत्याभूति दिन नसक्ने सरकारको रवैया पनि उत्तिकै निन्दनीय छ ।

आन्दोलनको नाममा संचारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य सञ्चारजगतलाई कुनै हालतमा स्वीकार्य हुन सक्दैन । यस्तो गैरकाननी र अमानवीय कार्यमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठघरामा उभ्याउन र क्षति पु¥याइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सरकारसमक्ष माग गर्दछौं ।

जन्मदेव जैसी
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button