खबरहेड लाइन

पूर्वराजामा संवेदनशीलता देखिएनः महामन्त्री शर्मा

काठमाडौँ, चैत २० गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताउनुभएको छ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो। पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उहाँको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ।

पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपर्दैन ? भन्दै उहाँले प्रश्न समेत गर्नुभयो। उहाँले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भए पनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको उल्लेख गर्नुभयो। उहाँले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिलाई सुधार गर्दै जानुपर्ने बताउनुभयो। उहाँले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलमा दलको नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो।

तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उहाँको जोड छ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button