मूल खबर

तीनकुने घटनाः थप सात जना पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त घटनामा संलग्न रहेको अभियोगमा काठमाडौँका विभिन्न स्थानबाट थप सात जना पक्राउ परेका छन् । उनीहरूलाई आगजनी, तोडफोड गरी राज्य विरूद्धको कसुर र आपाराधिक उपद्रव लगायतका अपराधमा संलग्न अभियोगमा पक्राउ गरिएको हो ।”

पक्राउ पर्नेहरूमा रूपन्देही देबदहका ४७ वर्षीय प्रेम थापामगर, झापा गौरादहका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षीय सुरेश गौतम, खताप्लेजुङ फुलुङका २३ वर्षीय सुशील बराल, नुवाकोट बेलकोटगढीका २७ वर्षीय रमेश राई, अछाम पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही तथा सङखुवासभा पाचँखपन घर भई हाल काठमाडौँ कागेश्वरी बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ परेकामध्ये एक जना ४७ वर्षीय प्रेम थापामगरलाई राज्य विरूद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुरअन्तर्गत तथा अन्य छ जनालाई अपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको प्रवक्ता बोहराले बताउनुभयो ।

तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।नेपाल टिभी अनलाइनबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button