भिडियो चौतारीमूल खबर

तारापुञ्ज ईङ्लिस बोर्डिङ स्कुलले मनायो २२औँ वार्षिकोत्सव ,कार्यकममा कसले के भने ?(भिडियो)

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं६ मा रहेको तारापुञ्ज ईङ्लिस बोर्डिङ्ग स्कुलले २२औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । विध्यालयको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा विभिन्न विधाका विजेता छात्र तथा छात्राहरुलाई प्रोत्साहान गर्दै पुरस्कृत गरिएको थियो । विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि तिम्सिनाको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङ्ग रहेका थिए । विशेष अतिथिको रुपमा कवि शिरोमणी माविका प्रधानाध्यापक दामोदर ढुङ्गेल थिए ।कार्यक्रमा विध्यालयका प्रिन्सिपल ओमप्रकाश दाहालले विध्यालयको प्रगती विवरण प्रस्तुत गरेका थिए ।कार्यक्रमको संचालन अग्रज शिक्षक ठाकुर शिवाकोटी,सहायक प्रअ केशव तिवारी तथा विध्यार्थीहरुले आलोपालो गरेर गरेका थिए । कार्यक्रममा उल्लेख्य रुपमा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button