खेलकुद

विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’

काठमाडौँ, वैशाख ९ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि ‘कोर क्याम्प’ सञ्चालन गर्ने भएको छ ।

क्यानले पहिलो चरणमा ५२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । टोलीमा यु–१९ का तीन खेलाडी नरेन भट्ट, युवराज खत्री र सन्तोष यादवलाई समेटिएको छ । छनोटमा परेका खेलाडीलाई निलो, हरियो, रातो र पहेँलो गरी चार समूहमा विभाजन गरिएको छ ।

प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा खेलाडीबिच अभ्यास खेल सञ्चालन गरी अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ । प्रशिक्षण र अभ्यास अप्रिल २६ देखि मे ३ तारिखसम्म मुलपानी मैदानमा हुनेछ ।

क्यानले सार्वजनिक गरेको निलो टोलीमा रोहित कुमार पौडेल (कप्तान), गुलशन कुमार झा, करण केसी, प्रज्वल थापा (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्लदेव खनाल, अनिलकुमार साह (विकेटकिपर), शाकिब हक, सूर्य तामाङ, दिपेशप्रसाद कँडेल र युवराज खत्री हुनुहुन्छ ।

हरियो टोलीमा आसिफ शेख (कप्तान तथा विकेटकिपर), सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रसिद खान र सन्तोष यादव हुनुहुन्छ ।

रातो टोलीमा सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद (विकेटकिपर) तृतराज दास, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, आकाश चन्द र नरेन भट्ट हुनुहुन्छ ।

यस्तै पहेँलो टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, ललितनारायण राजवंशी, विनोद भण्डारी (विकेटकिपर), मायन यादव, सुजन थापालिया, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रुपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत हुनुहुन्छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button