खबर

झापामा पार्टीको राजनीतिक र आर्थीक अभियान कार्यक्रम छैन—झापा सेक्रेटरी लावती

झापामा पार्टीको राजनीतिक र आर्थीक अभियान कार्यक्रम छैन—झापा सेक्रेटरी लावती
झापा ।नेकपा(बहुमत)झापाका सेक्रेटरी लिलाबहादुर लावतीले झापा जिल्लामा पार्टीको कुनै अभियान नरहेको बताएकाछन् ।उनले आफ्नो पार्टीको नाममा केही व्यक्तिहरुले पार्टीका नाममा चन्दा संकलन गरिरहेको जानकारी पार्टीलाई आएको बताउँदै चन्दा संकलन गर्ने व्यक्तिहरु आफ्नो पार्टीका नरहेको बताए ।नेकपा(बहुमत)झापाको अहिले राजनीतिक र आर्थीक कुनै पनि अभियान झापा जिल्लामा नभएको तर केही व्यक्तिहरुले आफ्नो पार्टीको नाम भजाएर चन्दा संकलन गरिरहेको जानकारी प्राप्त भएकाले त्यस्ता व्यक्तिहरुलाई चन्दा नदिन र प्रशासनले समेत कारबाही गर्नु पर्ने लावतीले बताए । आफ्नो पार्टीको कुनै अभियान भए पार्टीले सार्वजनिक गर्ने भएकाले नेकपा(बहुमत)का नाममा चन्दा नदिन समेत उनले आव्हान गरेकाछन् ।लावतीले अहिले चन्दा संकलन गर्ने व्यक्तिहरु आफ्नो पार्टीका नरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button