
बाहुण्डाँगी ।मेचीनगर नगरपालिका वडा नं ४ बाहुण्डाँगीमा रहेको श्री विद्या विकास एकाडेमीले यही शैक्षिक सत्रदेखि कक्षा १२ संचालन गर्ने भएको छ । पहिलो पटक कक्षा १२ संचालन गर्न लागेको यो विद्यालयले मेनेजमेण्ट विषयको अध्ययन अध्यापन गराईने जानकारी दिएको छ ।नयाँ (यही)शैक्षिक सत्रदेखि संचालन गरिने कक्षा १२(प्लस टु) सम्मको अध्ययनका विषयमा स्थानीय सामाजिक अगुवा सहितको पत्रकार सम्मेलन मार्फत विध्यालयको तर्फबाट बद्रीकुमार निरौलाले जानकारी गराएका थिए । कार्यक्रममा कक्षा १२को संचालनका विषयमा यसको आवाश्यकता,औचित्य र आगामी कार्यक्रममा विषयमा एकाडेमिक डाईरेक्टर प्रोफेसर हेमराज कार्कीले आफ्ना धारणा प्रस्तुत गरेका थिए ।



