
मेचीनगर । चौतारी पोष्ट अनलाइनका सहकर्मी गोपाल दाहाललाई पितृ शोक परेको छ । उनका पिता खेमराज दाहालको ६८ वर्षको उमेरमा आफ्नै निवास सूर्योदय नगरपालिका वडा नं ६ तारागाउँ इलाममा सोमबार निधन भएको हो ।केही समयदेखि ब्रेन टूयुमरका कारण निरन्तर उपचारमा रहेका दाहालको सोमबार विहान निधन भएको हो । सोमबार (दिउँसो) स्थानीय सिद्धि खोला घाटमा उनको हिन्दु संस्कार अनुसार अन्त्येष्टि गरिएको थियो । स्वर्गीय दाहालको परिवारमा धर्म पत्नी दुर्गा दाहाल,ज्वाइँ छोरीहरु घना र देवी घिमिरे,ईन्दिरा र गोपालशरण निरौला रहेकाछन् भने छोरा बुहारी गोपाल र निशा दाहाल रहेकाछन् । चौतारी पोष्ट अनलाइनका सहकर्मी दाहाल प्रेस क्लब मेचीनगरका सदस्य समेत रहेकाछन् । चौतारी पोष्ट अनलाइन तथा चौतारी मिडिया न्युज नेटवर्क प्रालि परिवार स्वर्गीय पिता खेमराज दाहालप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा अन्तरमनबाट समवेदना प्रकट गर्दछौँ ।



