मूल खबरहेड लाइन

भिजिट भिसा प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्छ: महामन्त्री शर्मा

काठमाडौँ, जेठ २० गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताउनुभएको छ ।

मङ्गलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शीर्ष तहसम्म संलग्नता देखिए कानुनअनुसार कारबाही हुनुपर्ने बताउनु भयो । अघिल्लो गृहमन्त्री रवि लामिछानेको प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको उहाँको टिप्पणी छ ।

उहाँले भन्नुभयो, ‘उजुरी जो व्यक्तिमाथि परेको छ । त्यो उजुरीलाई गहिरो अनुसन्धान गरिनुपर्यो । अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो जान्छ भन्ने जुन छ नि, त्यो हो रहेछ भने वर्तमान गृहमन्त्रीजी, त्योभन्दा पहिलेका मन्त्रीहरू र प्रधानमन्त्रीसम्म पुग्छ भने पनि जे कानुनको दायरा हो त्यो दायरमा सबै आउनुपर्छ ।’

उहाँले संसदीय छानबिन समिति बनाउनुभन्दा संवैधानिक अधिकार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न दिनुपर्ने बताउनु भयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button