खबर

कोरिया जान एक लाख तीन हजार आवेदन

काठमाडौँ, भदौ ४ गते । सन् २०२५ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन परेको छ ।

दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले (इपिएस) अन्तर्गत सन् २०२५ मा कोरिया जानेका लागि पाँच हजार तीन सय जनाका लागि आवेदन माग गरेकोमा त्यो सङ्ख्यामा आवेदन परेको हो ।

इपिएस शाखाले कोरिया भाषा परीक्षाका लागि गएको साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन खुला गरेको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button