खबर

बालविवाह, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण

काँकरभिट्टा । महिला जनचेतना केन्द्रले विद्यार्थीलाई यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तालिम दिइरहेको छ ।
महिलामाथि हुने सबै प्रकारका हिंसा, बालविवाह लगायतका समाजिक क्षेत्रमा काम गर्दै आइरहेको मेचीनगर–६ काँकरभिट्टा स्थित केन्द्रले बालविवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण अन्तरगत यौन, प्रजनन् स्वास्थ्य अधिकार, साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी तीन दिवसीय तालिम विहीबारदेखि सुरु गरेको हो ।
संस्थाको आफ्नै भवनको हलमा सुरु तालिममा लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान चलिरहेको बेला ‘बाल विवाह रोकीँ, बालापन जोगाँउ’ भन्ने नारासहित कचनकवल गाउँपालिका, बाह्दशी गाउँपालिका र मेचीनगर नगरपालिकाका कक्षा–७ देखि प्लस टुका १२ जना विद्यार्थीहरुलाई उक्त तालिम दिइरहेको छ ।
तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष तामाङ, मेचीनगर नगरपालिका महिला, बालबालिका तथा सामाजकल्याण शाखाकी प्रमुख जयन्ती खरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की लगायतले किशोरी अवस्थामा बालविवाह गर्न हुँदैन । जेनजेड समूहले पनि अभिभावकहरुको बिना सल्लाह क्षणिक निर्णयले गलत बाटो हिडिने भएकोले सही बाटो हिड्नु पर्ने बताएका छन् ।
सहभागी विद्यार्थिहरुलाई पहिलो दिन आज (विहीबार) यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विज्ञ प्रकृति बाँस्तोलाले यौनता र यौन व्यवहार, यौन अभिमुखिकरण, व्यापक यौन शिक्षा, हिंसा, अपराध र कानुन लगायतका विष्षयमा प्रशिक्षण दिइरहेकी छन् ।
यस्तै दोस्रो दिन भोलि (शुक्रबार) यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विज्ञ जोस्ना बुढाथोकीले
किशोर अवस्थाका समस्या, राम्रो छुवाई, नराम्रो छुवाई, यौन रोग, परिवार योजना, सुरक्षित गर्भपतन, महिनावारी, बालविवाह लगायतका विषयमा प्रशिक्षण दिने छन् ।
र, अन्तिम समापनका दिन शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा महिला सेलकी प्रमुख प्रहरी निरीक्षक मिलनकुमारी राईले साइबर हिंसा र डिजिटल सुरक्षा सम्बन्धी प्रशिक्षण दिने छन् ।
तालिममा बाह्दशीबाट ३ जना, कचनकवलबाट ३ जना र मेचीनगरबाट ६ जना विद्यार्थी गरी १२ जना सहभागी भएका छन् ।
सोही अवसरमा महिला जनचेतना केन्द्रकी कार्यक्रम संयोजक मनिला उप्रेती सुवेदीले पनि सहभागी विद्यार्थीहरुलाई कार्यक्रमको उदेश्यमाथि प्रष्ट पारेकी थिइन् ।
महिला जनचेतना केन्द्रकी सचिव भूवन सुब्बाको अध्यक्षतामा भएको उद्घाटन सत्रको समापनको स्वागत सहभागी विद्यार्थी फुलबारी किशोरी समूहकी सदस्य पुनम बेगमले र सञ्चालन संस्थाकी सदस्य रेजिना श्रेष्ठले गरेकी थिइन् ।
२०६० सालमा स्थापना भएको संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गरिरहेको छ । संस्थापक अध्यक्ष प्रधानले महिलालाई गरिने जुनसुकै प्रकारका हिंसा र बाल विवाह रोक्न विगत ६ वर्षदेखि विशेष गरेर बाह्दशी, कचनकवल र मेचीनगरका गाउँ, टोल, समूदाय, विद्यालय लगायतका क्षेत्रमा पुगेर सचेतना दिने काम गरिरहेको बताइन् ।
अहिले सिक्दै गरेका विद्यार्थीहरुले आफ्नो समूदायमा गएर साथि, अभिभावक लगायतहरुसँग यस विषयमा सचेतना दिने काम विद्यार्थीहरुले गर्ने उदेश्य राखेर तीन दिनेतालिम आयोजना गरिएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button