मूल खबरहेड लाइन

बकैयामा ट्याक्टर दुर्घटनाः द्रुतमार्गमा काम गर्ने तीन जनाको मृत्यु, १९ जना घाइते

मकवानपुरको बकैया गाउँपालिका–७ स्थित अधेरीमा दुर्घटना भएको ट्याक्टर।

राममणि दाहाल

मकवानपुर, पुस १ गते। मकवानपुरको बकैया गाउँपालिका–७ स्थित अधेरीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र १९ जना घाइते भएका छन्।

लु ५ त १७४ नम्बरको ट्याक्टर मङ्गलबार दिउँसो दुर्घटना हुँदा घाइते भएर उपचारको लागि हेटौँडा अस्पतालमा ल्याइएका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा बकैया गाउँपालिका ७ अधेरीका अन्दाजी ५५ वर्षीय केशव माझी, युवराज माझी र ४५ वर्षीय सन्तलाल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटनामा पर्ने निजगढ–मकवानपुर–काठमाडौँ द्रुतमार्गमा काम गर्ने निर्माण श्रमिक हुन्। उनीहरु खाना खाएर कामका लागि जाने क्रममा ट्याक्टर दुर्घटना भएको जनाइएको छ।

घाइतेको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button