खबर

प्रलोपाबाट पत्रकार र कलाकार सिफारिस

प्रेमराज सिम्खडा फोटो क्याप्सनः सिफारिस भएका प्रलोपाका नेता जन्म देव जैसी सहितका नेता क्रमश।तस्वीरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट,पुस २६ गते।प्रगतिशील लोकतान्त्रिक पार्टी जिल्ला समिति कालीकोटले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।

प्रलोपाले पत्रकारका नेता जन्मदेव जैसी, कलाकार धर्मराज न्यौपाने सहित चार जनालाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

जैसीसहित धर्मराज न्यौपाने, विष्णुकुमारी शाही र प्रेम सहकारी सिफारिस हुनुभएको छ । जन्मदेव जैसी लामो समय पत्रकारिता गदै नेपाल पत्रकार महांसघको २०८१ साल कात्तिकमा सम्पन्न नेपाल पत्रकार महांसघको निर्वाचनमा महासचिव लड्नु भएको थियो ।

नेकपा माओवादी केन्द्र निकट जैसी प्रचण्डले पार्टी विगठन गरेर नेपाली कम्युनिष्ट पार्टी बनाएपछि जनार्दन शर्मा, डाक्टर बाबुराम भट्टराईले गठन गरेको प्रलोपामा सहभागी हुनु भएको हो ।

साथै पत्रकार जैसी श्रमजीवि पत्रकारको हकहितका लागि लड्दै आएका व्यक्ति पनि हुनुहुन्छ ।त्यस्तै धर्मराज न्यौपाने देउडा गायक हुनुहुन्छ, कालिकोटका कालो लगायतका धेरै देउडा गीत बजारमा छन ।

महिलाको प्रतिनिधित्व गर्ने विष्णुकुमारी शाही र प्रेम सहकारी स्थानीयस्तरदेखि सामाजिक अभियानमा सहभागी व्यक्ति हुनुहुन्छ।

जनार्दन निकटका कालीकोटमा पनि धेरै नेता तथा कार्यकर्ता रहेका छन । उम्मेदवारको अन्तिम टुंगो केन्द्रको सुझाव लिँदै जिल्ला समितिले नै लगाउने छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button