खबर

राष्ट्रिय एकता बलियो बनाउने पर्व

काठमाडौँ, माघ ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास व्यक्त गर्नुभएको छ । सोनाम ल्होसारको शुभकामना सन्देश दिँदै उहाँले पर्वहरूबाट नेपालीबिच सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि शुभकामना सन्देश दिँदै नेपालको संविधानले अङ्गीकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यलाई पर्वले अझ सुदृढ बनाउन सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो, “यस पर्वले नयाँ वर्षको आगमनसँगै हाम्रो मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई पुनः स्मरण गराउँदै पुस्तादेखि पुस्तासम्म निरन्तरता दिने अमूल्य अवसर प्रदान गर्दछ ।”

तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार पर्व मनाइन्छ । यस पर्वमा तामाङ समुदायमा कुलपूजा, प्रकृतिपूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जनका साथ आपसमा खुसी आदानप्रदान गर्ने चलन छ । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित विभिन्न जातिले आआफ्नै शैली र परम्परा अनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button