खबर

रास्वपाले टुंग्यायो समानुपातिक सांसद, ४८ महिला र ९ पुरुष

न्युज अफ नेपाल

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा पठाउने सांसदहरूको नाम टुंगो लगाएको छ। आइतबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फका ५७ जना सांसदको सूची तयार गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

रास्वपाले समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ। ती सिटमध्ये ४८ महिला र ९ पुरुष रहनेगरी नाम छनोट गरिएको प्रवक्ता झाले बताए।

पार्टीले सांसदहरूको नाम टुंगो लगाए पनि पूर्ण नामावली भने सार्वजनिक गरिसकेको छैन।

समावेशीताको आधारमा हेर्दा खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेशी समुदायबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना समावेश गरिएको उनले बताए।

सचिवालयले तय गरेको ५७ जनाको नामावली आजै निर्वाचन आयोगमा बुझाइने पनि प्रवक्ता झाले जानकारी दिए। रास्वपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button