खेलकुद

जर्मनीसमक्ष प्रदर्शन उकास्ने चुनौती

न्युयोर्क, असार १५ गते । चार पटकको विजेता जर्मनीको यस विश्वकपमा प्रदर्शन स्थिर रहेको छैन । उसका शीर्ष खेलाडीले अझ पनि क्षमता अनुसार खेल्न सकेका छैनन् । जर्मनीले मङ्गलबार पाराग्वेसँग अन्तिम ३२ मा खेल्दा आफ्नो प्रदर्शन उकास्नुपर्ने हुन्छ ।

उपाधि दाबेदारमध्ये एक जर्मनी लगातार नौ खेल जितेर यस विश्वकपमा आएको थियो । समूह ‘इ’ को पहिलो खेलमा उसले नवप्रवेशी कुरासाओलाई ७–१ ले हराएर चम्किलो सुरुवात पनि ग¥यो तर त्यसपछि जर्मनीले सोही खालको प्रदर्शन दोहो¥याउन सकेको छैन । आइभरिकोस्टविरुद्ध इन्जुरी समयमा मात्र गोल गरेर जित हात पारेको जर्मनी तेस्रो खेलमा इक्वेडरसँग २–१ ले स्तब्ध भएको थियो । इक्वेडरसँग सुरुमै गोल गरेर पनि जर्मनीले खेल गुमाएको हो ।

सो हारपछि पनि जर्मनी समूह विजेता बनेर १२ वर्षपछि नकआउट चरणमा पुग्यो तर जुलियन नागेल्सम्यानको टिम जर्मनीमा प्रतियोगिताअघिको आत्मविश्वास देखिएको छैन । जर्मनीका ठुला नाम फ्लोरियन रिज, जमान मुसियल र काइ हाभर्ट्जले अहिलेसम्म अपेक्षा अनुरूप खेल्न सक्नुभएको छैन । जर्मनीका लागि सर्वाधिक गोलकर्ता बेन्चबाट मैदान छिर्ने डेनिज उन्डाभ (३ गोल) हुनुहुन्छ ।

दक्षिण अमेरिकी टिम पाराग्वे समूह तेस्रो भएर नकआउटमा पुगेको हो । पहिलो खेलमै सहआयोजक अमेरिकासँग ४–१ ले हारेको पाराग्वेले त्यसपछि टर्कीलाई १–० ले हराउनुका साथै अन्तिम खेलमा अस्ट्रेलियासँग बराबरीमा खेलेर अगाडि बढेको हो । पछिल्ला दुई खेलमा क्लिन सिट राखेको पाराग्वे शारीरिक खेल खेल्न माहिर छ । जर्मनीविरुद्ध पाराग्वेले डिफेन्सिभ रणनीति अपनाएर प्रत्याव्रmमणमा जर्मनीलाई चोट पु¥याउन सक्छ ।

पाराग्वेका प्रशिक्षक गुस्ताभो अल्फारोले अमेरिकाविरुद्धको हारको चोटमा पछिल्ला दुई खेलमा राम्रो प्रदर्शन गरी मलम लगाएको र अहिले आफ्नो टिम उच्च मनोबलमा रहेको बताउनुभयो । मेरा खेलाडी जर्मनीको सामना गर्न तयार छ, उहाँले भन्नुभयो । एजेन्सी

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button