खबर

अस्ट्रेलियामा १० हजार ऊँट हेलिकप्टरबाट गोली हानी मारिने

काठमाडौँ ।
पानीको हाहाकार भएपछि अस्ट्रेलियाले १० हजार ऊँट गोली हानी मार्ने भएको छ। सुख्खा मौसमका कारण पानी पाउन मुश्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या झनै बढेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए।

हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकप्टरबाट गोली हानी मारिने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन्।

जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने चलन पहिले देखि रहिआएको छ। अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ। १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो।
एजेन्सी/newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button