
‘ अतिथि देवो भव’ नेपाली पहिचानको एउटा महत्वपूर्ण पाटो हो । हामी हाम्रा अतिथिलाई देवता सरह मान्छौँ अर्थात सम्मान, सत्कार र सद्भाव राख्ने हामी नेपालीहरुको आफ्नै प्रकारको मौलिक चरित्र र गुण हो ।तर, कतै नभाको जात्रा हाँडी गाउँमा भने जस्तो हाडी गाउँको जात्रालाई पनि उछिन्ने गरि भर्खरै मात्र मेचीनगर नगरपालिकामा आयोजना गरियो । प्रसङ्ग थियो बेलायतको फक्सटन नगरका मेयर जेकी मेडको स्वागत ।
सामान्यतया कुनै पनि देशका सरकारी निकाय सम्बद्ध हुन् वा गैर सरकारी संस्थाका पाहुना आउँदा उनीहरुलाई उनीहरुको मर्यादाक्रम अनुसारको शिष्टता र सम्मान दिनु पर्छ। तर ,फक्सटन नगरका मेयरलाई गरिएको स्वागतको झल्कोले पञ्चातकालमा राजाको विकास क्षेत्र भ्रमणको समयमा त्यो बेलाका छोटादेखि बडा पञ्चहरुले गर्ने हजुरीको चाकडी र राजालाई देवत्वकरण गर्ने शैली भन्दा फरक थिएन भन्दा गलत भयो भन्न सकिदैन ।एउटा देशको नगरपालिका प्रमुख अर्को देशको नगरमा आउँदा सामान्यतया नगरपालिकाले गर्ने सम्मान र सत्कारको मर्यादालाई मेचीनगरपालिकाले विश्वब्यापी रुपमै तोडेको टिप्पणी अहिले सुन्नमा आएको छ । मेचीनगरपालिकाले आफ्नो मर्यादालाई आफ्नै ढङ्गले बुझेको एक थरिको ब्यङ्गयसहितको बिश्लेषणसँगै बिभन्न तहका जनप्रतिनिधीले भरिएको सो स्वागत कार्यक्रममा समेत स्वयम् हाम्रा जनप्रतिनिधीहरुलाई समेत आफ्नो मर्यादाक्रमका बारेमा जानकारीनै पो छैन कि भन्ने अर्को पेचीलो प्रश्न पनि उनीहरुतर्फ उभिएको छ ।
सामान्यतया एउटा देशको नगरप्रमुख नेपालका कुनै नगरपालिका आउँदा हाम्रो आफ्नो मर्यादाक्रम अनुसारको स्वागत र सम्मान हुनुलाई अन्यथा मान्न सकिन्न तर स्वयम् बेलायतका राजकुमार नेपालका पश्चिीम क्षेत्रका बिभिन्न ठाउँमा आउँदा समेत यसप्रकार अनाबाश्यक तामझाम र मर्यादाक्रम र पदिय हैसियतलाई भुलेर जनप्रतिनिधीहरुले अहिले सम्म भेटेका छैनन् तर त्यही देशको मेयर आउँदा नगरपालिकाले यसप्रकारको स्थानिय सरकारको जिम्मेवारी, दायित्व जनप्रतिनिधीहरुको मर्यादा भुलेर भएको अनाबाश्यक भीडभाडले अहिले पनि हामीले के गर्ने के नगर्ने भन्ने बारेमा जानकारी नराखी जनप्रतिनिधी बनेकाहरुलाई हेर्दा आफैलाई दया लागेर आउँछ एक नगरवासीको टिप्पणी थियो ।
मेचीनगरपालिका र फक्सन टाउनका बीच आगामी दिन हुने सहकार्यको पत्रमा हस्ताक्षर हुनु कुनै ऐतिहाँसिक र कायापलटको विषय होइन । सामान्यतया बिदेशबाट आउने प्रतिनिधिमूलक संघ संस्थाका प्रतिनिधि बीच औपचारिकताका लागि समेत यस्ता कार्यक्रम कैयन भएकाछन् तर गएको सोमबार मेचीनगरपालिकामा फक्सन टाउनका प्रतिनिधीहरु आउँदा जे देखियो यो के गर्नेलाई भन्दा के गर्नेलाई लाज भन्ने नेपाली उखानले गिज्याएको कतिपयको भनाई छ । अझ अनौठो त यो पनि भयो की एउटा देशका नगर प्रमुख अर्को देशको नगरपालिकाको कार्यालयमा आउँदा त्यहाँका उपलब्ध जनप्रतिनिधीले स्वागत र सत्कार गर्ने चलनलाई माथ गर्दै संघीय संसदका जननिर्वाचित सांसद समेतको उपस्थितिले सबैलाई हैराननै बनाएको बजारमा अहिले चर्चा छ । कार्यक्रमको डर्रा र भेला भएका जनप्रतिनिधीहरुको भीडले बेलायतकै प्रधानमन्त्रीनै पो आएका हुन् कि भन्ने भान परेको देखिन्यो । दुई देशका नगरपालिका बीच मैत्रीपूर्ण सम्बन्ध गासिनु राम्रो हो तर फक्सनका मेयरको स्वागतका लागि भएको तामझाम र अनाबाश्यक भोज भतेरलाई समेत नगरबासी बौद्धिक क्षेत्रबाट सामान्य मानिएको पाईदैन । मर्यादाक्रमको कुरा गर्ने हो भने कुनै पनि समान मर्यादाका प्रतिनिधिीलाई भेमट्न सकेसम्म त्यही स्तरका र नभए अन्यलाई भेट दिने बिश्वब्यापी प्रचलन रहेको पाईन्छ तर एउटा काउन्सीलका सदस्यबाट निर्वाचित बनेका मेयरलाई स्वागत गर्न र सामान्य एउटा पत्रमा हस्ताक्षरको कार्यक्रममा कायपटलनै भए जस्तो गरेर हाम्रा जनप्रतिनिधीहरुले भेटन जानु किमार्थ आफ्नो पदिय हैसियतको सम्मान मान्न सकिदैन ।
मर्यादाक्रमकै विषयमा कुरा गर्ने हो भने कतिपय हाम्रा राजदूतहरुले त्यो देशका उपल्लोतहका ब्यक्तिहरुलाई चाहेर पनि भेटन नसकि आफ्नो अवधि सकिएर फिर्ता समेत हुने गरेकाछन् । तर, हाम्रा जनप्रतिनिधीहरुलाई आफ्नो पदिय हैसियत र मर्यादाक्रमको हेक्का नराखी बेलायत भन्ने साथ आफु भन्दा धेरै कनिष्टतहका प्रतिनिधीहरुलाई अतिथिका नाममा भीडनै भएर भेट गर्नु र सामान्य एउटा हस्ताक्षर जो नगरपालिकाकै जनप्रतिनिधीले गर्ने कार्यक्रममा समेत पूर्व मेयरदेखि प्रदेश सभा सदस्य र संघीय सांसद जानु भनेको आफ्नै मर्यादालाई लापरबार्ही गर्नु शिवाय अरु केही नभएको सोमबारको हाडी गाउँको जात्रा जस्तो त्यो कार्यक्रमलाई नजिकबाट हेर्नेहरुको आरोप छ ।
बेलायतका शासनप्रणाली अन्तरगत त्यहाँका मेयर यहाँको मेयरको जस्तो अर्थात एकल उम्मेद्वारीमा निर्वाचित नभएर काउन्सीलका प्रतिनिधीबीच छानीने प्रकृया रहेको छ । अझ त्यहाँका मेयर र यहाँका मेयरको शासकिय प्रणालीका हिसाबले हो भने त्यो झण्डै झण्डै बेलायतको फक्सनटाउनका मेयर मानार्थ जस्तो देखिन्छ तर मेयरनै हुने भएकाले ठूलो वा सानो देशको भन्दा पनि मर्यादा र स्वागतको परिधिलाई हेक्का नराखी गरिएको पञ्चशैलीको तमासा र आकाशनै उल्टीए जस्तो गरि पछि गरिने कार्यको हस्ताक्षरलाई यति धेरै हल्ला नर्गदा पनि हुने जानकारहरु बताउँछन् । त्यसो उनको स्वागत सत्कारमा मर्यादाक्रमको वेवास्ताका अलवा नगरपालिकाले गरेको स्वागत खर्चको पनि अहिले चर्चा बाहिर आउन थालेको छ । एउटा देशको एक नगरका मेयर आउँदा जुन तमासा देखियो आगामी दिन अरु देशबाट यसरीनै भेटघाटका लागि मेयर वा यस्तै ओहदाका प्रतिनिधीहरु आउने हो भने मेचीनगरले कति बजेट बिनयोजन गर्ने हो अहिले सर्वत्र चर्चाको विषय बनको छ ।



