काठमाडौ,सरकारले कोरोना भाइरस संक्रमणको संभावित जोखिम न्यूनीकरणका लागि घरबाट बाहिर निस्कन रोक लगाएको छ ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार)विहान ६ बजेदेखि एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
खाद्यान्न र अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक अरु सवारी साधन पनि चलाउने नपाइने निर्णय समेत बैठकले गरेको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावतमा समेत रोक लगाएको छ।
अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु समेत बन्द गरिने भएको छ ।
बैठकले सवारी साधानमा रोक लगाउने, आन्तरिक उडान समेत बन्द गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक आवश्यक कर्मचारी उपस्थित हुनेगरी सम्बन्धी कार्यलय प्रमुखले बिदा दिने जनाएको छ । त्यसैगरी बजारमा अभाव देखाइ कालोबजारी गर्नेलाई कानून बमोमिम कारबाही गरिनेछ ।
आइसोलेसन अस्पतालको रोकथाम तथा आवश्यकताअनुसार स्वास्थ्यकर्मीको परिचालन गर्ने समेत सरकारले निर्णय गरेको छ ।






