मूल खबर

लक डाउनको समयमा विपन्न परिवारलाई इटहरी काग्रेसले चामल दिने

इटहरी । लकडाउनमा विपन्नलाई खान समस्या हुने भएको भन्दै नेपाली काँग्रेस इटहरीले यहाँका अति विपन्न परिवारलाई खाद्यन्न बाढ्ने भएको छ । दैनिक ज्यालादारी र मजदुरहरुलाई समस्या हुने भएको भन्दै काग्रेस इटहरीले चामल दिने भएको हो।

नेपाली काग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले ५ सदस्सीय लगत बनाएका हुन् । विपन्न परिवारलाई चामल बाढ्ने पौडेलले बताए । हामी विपन्नको घर घरमा चामल पुराउने छौ सभापति पौडेलले भने । समितिमा सहसभापति कोवित कार्की,मिलन त्रिताल,सुमित थापा,विक्रम घिमिरे,देवराज थापालाई जिम्मेवारी दिएको छ ।

नेपाली काग्रेस इटहरीका सह सभापति कोवित कार्कीले विपन्न परिवारलाई चामल बाढ्ने बताए । अहिले काग्रेसका २० वटै वटा वडाअध्यक्ष मार्फत विपन्न परिवारको तथ्याक संकलन सुरु भएको बताए । विपन्न परिवारलाई खाद्यन्न संकट हुन नदिन आफुहरुले चामल दिने निर्णय लिएको बताए ।

खान नपाएर जनता समस्यामा नपरुन भन्ने मानवीय सोचका साथ काग्रेसले चामल बाढ्ने तयारी गरेको बताए। स्थानीय सरकार इटहरी उपमहानगरपालिकाले भने विपन्न परिवारको विषयमा अहिले सम्म बोलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button