
विराटनगर । मोरङ्गको विराटनगरस्थित नोबेल मेडिकल कलेजशिक्षण अस्पतालका सञ्चालक डा सुनिल शर्माले कोरोना भाइरस( कोभिड १९)कासंक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन दिने घोषणा गरेका छन् ।
कोरोना भाईरससंक्रमण परेकाहरुको उपचारमा समस्या भईरहेका बेला नोबेल अस्पताललाई कोरोना बिशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन सञ्चालक शर्माले बताए ।
निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाई समेत उपचार गर्न नमानेर समस्या बेहोर्नु परिरहेको अवस्थामा शर्माले अस्पताललाई नै कोरोना उपचार केन्द्र बनाउन दिने महत्वपूर्ण घोषणा गरेका हुन् ।

निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सवैभन्दा ठुलो अस्पताल नोबेलमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया रहेकाछन् । समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका नोवेलका संचालकशर्माको यो घोषणाले पूर्वी नेपालमा कोरोना संक्रमण रोकथाम र उपचारमा महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ ।
उनले अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार रहेको भन्दै कोरोना रोकथाम संयोजन समितिका संयोजक डाभगवान कोइरालालाई बिहिबार पत्रसमेत पठाएका छन् ।



