खबर

सिमानादेखि मुम्बई सम्म जहाँ नेपालीले पीडा भोगिरहेका छन्

काठमाण्डौं चैत्र १९ । देशमा रोजगारीको अभावमा भारतमा लाखौँ नेपाली गएका छन् । ती नै नेपाली मध्य धेरैले अहिले कोरोनाको महामारीबाट त पीडा पाएका छन् नै अझ बढी पीडा सिमानामा शुरु भएको छ ।
भारतमा राहत र संक्रमित भए उपचार पाउने संभावना कम रहेको भन्दै घर फर्किएकाहरु पनि सिमानामा आफ्नै देशभित्र आउन नपाए पछि थप पीडित बनेका छन् । सुनौलीदेखि दार्चुला सम्म हजारौँ नेपालीहरु बिजोग अवस्थामा बसिरहेका छन् ।
कोरोनाको रोकथामका लागि भन्दै लकडाउन भए पछि नेपालनाका बन्द भए पछि उनीहरु देश भित्र प्रवेश गर्न सकेका छैनन् भने भारत भित्रै बस्दा समेत राहत पाउने संभावना नरहेको प्युठानबाट मुम्बई पुगेर काम गर्दै आएका शिब पौडेलले बताए ।
उनका अनुसार मुम्बई, दिल्ली लगायतका ठाँउमा लकडाउनका कराण घरबेटीहरुले कोठाबाट निस्कन दवाव दिने, त्याहाँको सरकारले दिएको राहत नेपाली मजदुरहरुसम्म नआई पुग्ने भएकाले कठिन समय देखा परेको भन्दै उद्धार गर्न माग गरेका छन् । लाखौंको सख्यामा भारतका विभिन्न राज्यमा नेपालीहरु रहेका छन् ।यता सिमानामा सुत्केरीदेखि युवाहरु सम्म देश आउन नपाए पछि बिचल्लि अवस्थामा बसेका छन् ।

सरकारले कुनै पनि अवस्थामा नाका नखोल्ने भन्दै महाकाली नदीमा पौडी खेलेर नेपाल आएकालाई समेत पक्राउ गरेको छ ।
भारतले नहेर्ने, नेपालले छिर्न नदिने भए पछि नेपालीहरु ठूलो पीडाका साथ सिमानामा दिन बिताउन बाध्य भएका छन् ।
सरकारी स्तरमा भने नेपालमा थुनिएका भारतीयलाई नेपालले र भारतमा थुनिएका नेपालीलाई भारतले उद्धार, राहत र उपचार गर्ने सहमति भएको भन्दै नाका नखोल्ने बताएको छ । त्यस पछि कतिपय नाकाबाट भारत तर्फ नै रुदै नेपालीहरु फिर्ता भएका छन् ।
तर पौडेल भन्छन्, भारतले आफ्नै देशका गरीब र मजदुरहरुको व्यवस्थापन गर्न सकेको छैन, त्यस्तो राहत हामीसम्म आईपुग्ने कल्पनै गर्न

सकिन्न ।
घरबेटीहरुले अप्रील महिना लाग्ना साथ पैसा नदिए घरबाट निस्कन दवाव दिएका छन् भने नेपालीहरु धरै ठाँउमा त्रिपाल टाँगेर कति छाक खाई नखाई बसिरहेका छन् । पौडेलले भने ,भारतको विभिन्न राज्यमा मजदुरीका लागि लाखौ नेपाली पुगेका छन् ।मिर्मिरे अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button