खबर

बेलायतका प्रधानमन्त्री जोनसन आईसीयुमा अक्सिजन लिँदै

एजेन्सी

कोरोना भाइरस संक्रमणसँग लडिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई उनको आवास डाउनिंग स्ट्रिट नजिकै सेन्ट थोमस हस्पिटलमा भर्ना गरिएको हो ।

५५ बर्षिय जोनसनको स्वास्थ्य स्थिति खराब भएपछि उनलाई अक्सिजन समेत दिइएको छ । यद्यपी यो परिस्थितिमा पनि प्रधानमन्त्री लगातार काम गरिरहेका छन् । बेलायतका मन्त्रीहरुले उनलाई यस विषम परिस्थितिमा चर्चिल नबन्न सल्लाह दिइरहेका छन् । प्रधानमन्त्रीलाई आप्mना काम हस्तान्तरण गरी पर्याप्त सुत्न उनीहरुले भनेका छन् ।

द्वितिय विश्व युद्धका नायक मानिएका तात्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिलबाट जोनसन प्रभावित मानिन्छ । गत मार्च २७ मा बोरिस जोनसनको कोरोना रिपोर्ट पोजिटिव आएको थियो । त्यसपछि उनी आफै आइसोलेसनमा बसेको थिए । १० दिनपछि आइतबार राती उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा आईसीयु कक्षमा उनलाई अक्सिजन लगाइएको थियो । विरामी भइसकेपछि पनि धेरै काममा खतिएर उनले आफनो स्वास्थ्यलाई जोखिममा पुर्याइरहेको बताइएको छ ।

बेलायतका कयौं सांसदहरुले प्रधानमन्त्री जोनसनसँग जिम्मेवारी हस्तान्तरण गर्न माग गरेका छन् । एक सांसदले उनी आफुलाई हिरो विन्स्टन चर्चिल जस्तो देखाउन चाहेको आरोप समेत लगाए । उनलाई यो स्थितिमा आरामको आवश्यक छ । अर्को एक सांसदले जोनसनलाई द्वितीय विश्व युद्धका क्रममा भएको चर्चिलको कामको नक्कल गर्न नुहने बताए । उनले एक जना क्याबिनेट मन्त्रीलाई कोरोना भाइरसलाई लिएर देशको जिम्मेवारी दिनु पर्ने उनीहरुले सुझाव दिए ।

यसबीच उनका सहायक डोमिनिक रेब दैनिक कोरोना भाइरस क्राइसिस कमिटीको बैठक गरिरहेका छन् । भिडियो कन्फरेन्समा उपस्थित हुने गरेका जोनसन अत्यन्त थकित देखिएको एक सांसदले बताए । यसबाट देशलाई कुनै प्रेरणा नमिल्ने उनीहरुको तर्क रहेको छ । जोनसनले चर्चिलका विषयमा किताब लेखेका छन् र उ जस्तै बन्न चाहेका छन् । जोनसनले जोनसन नै बन्न आवश्यक छ । उनले कसैको नक्कल गर्न नहुने सांसदहरुले दबाव दिएका छन् ।

क्वारेन्टाइनका क्रममा जोनसनले ट्विटरमा भिडियो पोस्ट गरेका थिए । उक्त भिडियोमा उनी अत्यन्त थकित देखिन्थे । उनले आफुलाई उच्च ज्वरो आएको बताएका थिए । उच्च ज्वरो एक हप्ता सम्म रहेमा निमोनिया जस्ता रोग झन खतरनाक हुने विशेषज्ञहरुले बताएका छन् । भिडियो कन्फरेन्समा जोनसन खोकिरहेको पनि दावी गरिएको छ । त्यसपछि मात्रै उनलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री जोनसन अस्पताल भर्ना भएपछि अब विदेशमन्त्री डोमिनिक रेबलाई प्रधानमन्त्रीको काम हर्ने जिम्मेवारी दिएको बताइएकोछ । विदेशमन्त्रीले एक टेलिभिजन अन्तरवार्तामा बेलायत सरकारको कोरोना भाइरस विरुद्धको युद्ध जारी रहने र प्रधानमन्त्रीको योजना लागु गर्नमा सबै मन्त्रीले ध्यान दिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button