
एजेन्सी – बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी) को खेलमा लियोनल मेस्सी आफू तिर दौडर आएपछि डेभिड बेकह्यामले सन्यासका विषयमा बोलेको बताएका छन् ।
सन् २०१३ को क्वार्टरफाइनलको दुई खेलमा बार्सिलोना र पिएसजीले ३–३ को बराबरी खेलेका थिए । अवे गोलका आधारमा बार्सिलोना सेमिफाइनमा पुगेको थियो । ‘खेलपछि मेस्सी दौडेर म भएको ठाँउमा आए’ , इंगल्यान्डका पूर्व कप्तान बेकह्यामले केहि वर्ष अघि भनेका, ‘सम्भवत मैले त्यहि बेला नै सन्यासको बारेमा निर्णय लिएको थिए ।’
नोउ क्याम्पमा भएको दोस्रो लेग पछिको प्रदर्शनलाई लिएर बेकह्यामले अर्जेन्टिनी सञ्चारमाध्यमलाई पिएसजीको प्रदर्शनमा आफुलाई गर्व लागेको बताएका थिए । ‘ हामी खेलमा अगाडी थियौं । मेस्सी आए र बार्सिलोनाले गोल गर्यो’, उनले भनेका थिए, ‘त्यो उमेरमा पनि मैले खेलमा एकदमै आनन्द लिए । दुवै खलेमा हामीले राम्रो खेल्यौ । त्यसमा हामीलाई गर्व लागेको थिए । हामीले त्यो खेल हारेनौं ।’
उनले त्यहि खेलबाट लगभग खेल जीवन छाड्ने मनस्थिति बनाएपछि केहि पछि लिग वानमा स्टाडे ब्रेसटोइस २९ विरुद्धको खेल उनको अन्तिम खेल थियो । उनले आफ्नो करीअरमा म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी र एसी मिलानको जर्सी लगाए ।hamrokhelkud/from



