स्वास्थ्य

कोरोना अपडेट : २६ लाख २४ हजार भन्दा बढी संक्रमित, के छ सार्क राष्ट्रको अवस्था?

काठमाडौं – विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८३ हजार नाघेको छ।

नेपाली सयम अनुसार बिहिबार बिहान ७ बजेसम्म मृत्यु हुनेको संख्या १ लाख ८३ हजार १ सय २० पुगेको हो। विश्वभर २४ घण्टामा ६ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ।

अमेरिकामा बुधबार २ हजार ३ सय भन्दा बढी मानिसको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६ सय ५९ पुगेको छ।

त्यस्तै इटालीमा मृत्यु हुनेको संख्या २५ हजार ८५ पुगेको छ। स्पेनमा २१ हजार ७ सय १७ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा मृत्यु हुनेको संख्या २१ हजार ३ सय ४० पुगेको छ। युकेमा १८ हजार एक सयको मृत्यु भइसकेको छ।

२४ घण्टामा संसारभर ७९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा संक्रमितको संख्या २६ लाख २४ हजार ८ सय ४६ पुगेको छ।

अमेरिकामा एकै दिनमा २९ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। योसँगै अमेरिकामा संक्रमितको संख्या ८ लाख ४० हजार ४ सय ७६ पुगेको छ।

स्पेनमा २ लाख ८ हजार ३ सय ८९ जना संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ८७ हजार ३ सय २७ पुगेको छ। फ्रान्समा १ लाख ५७ हजार १ सय ३५ जना संक्रमित भएका छन्। जर्मनीमा संक्रमितको संख्या १ लाख ५० हजार ६ सय ४८ पुगेको छ।

संसारभर ७ लाख १० हजार ४ सय ५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। जर्मनीमा निको भएर घर फर्किनेको संख्या ९९ हजार ४ सय पुगेको छ। स्पेनमा ८५ हजार ९ सय १५ जना निको भएर घर फर्किसकेका छन्।

अमेरिकामा निको भएर घर फर्किनेको संख्या ७७ हजार ९ सय ५६ पुगेको छ। चीनमा ७७ हजार ८ सय ६१ जना निको भएर घर फर्किसकेका छन्। इरानमा निको भएर घर फर्किनेको संख्या ६३ हजार १ सय १३ पुगेको छ।

सार्क देशको अवस्था
भारतमा २४ घण्टामा १ हजार २ सय ९० जना संक्रमित थपिएका छन् भने ३६ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ। ६ सय ८१ जनाको मृत्यु भएको छ। ४ हजार ३ सय ७० जना संक्रमित निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा बुधबार ५ सय ११ जना संक्रमित भएका छन् भने ११ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १० हजार ७६ पुगेको छ। २ सय १२ जनाको मृत्यु भएको तथ्यांक रहेको छ। २ हजार १ सय ५६ जना निको भएर घर फर्किसकेका छन्।

बंगलादेशमा २४ घण्टामा ३ सय ९० जना संक्रमित भए भने १० जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या ३ हजार ७ सय ७२ पुगेको छ। १ सय २० जनाको मृत्यु भइसकेको छ। ९२ जना मानिस निको भएर घर फर्किसकेका छन्।

अफ्गानिस्तानमा १ हजार १ सय ७६ जना संक्रमित भएका छन्। ४० जनाको मृत्यु भइसकेको छ। बुधबार ८४ जना संक्रमित भएका थिए भने ४ जनाको मृत्यु भएको थियो। १ सय ६६ जना निको भएर घर फर्किसकेका छन्।

श्रीलंकमा ३ सय २३ जना संक्रमित छन्। ७ जनाको मृत्यु भइसकेको छ। १ सय ५ जना निको भएर घर फर्किसकेका छन्। बुधबार २० जना नयाँ बिरामी थपिएका थिए।

माल्दिभ्समा संक्रमित हुनेको संख्या ८६ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।

नेपालमा बुधबार ३ जना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ। ७ जना निको भएर घर फर्किसकेका छन्।

बधबार भुटानमा एक जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ पुगेको छ। दुईजना निको भएर घर फर्किसकेका छन्।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button