मूल खबर

परोपकारको प्रभाव जसको नामनै भो‘ राहतको गाडी’

चौतारी पोष्ट अनलाइन डेक्स
झापा । आपत र बिपत्तकै बेलमा मान्छेले मान्छेसँग सहयोगको अपेक्षा गरेको हुन्छ । अपेक्षा गर्ने धेरै हुन्छन् तर निस्वार्थ सेवा गर्ने भने कमै हुन्छन्। कतिपयले आफुले गरेको सामाजिक र मानवीय सहयोगलाई सांसारिक बिज्ञापनका रुपमा झल्काउने गर्छन् र आफुलाई स्वयम् परोपकारी मन र सामाजिक जिम्मेवारी भएको असुहाँउदै पारामा समाजका अगाडि देखाउने गर्दछन् । बिनासकारी भूकम्पले जतिबेला धर्ती र मन थाङथिलो भएको थियो झापाको मेचीनगरबाट काँग्रेसका नेता विश्वप्रकाश शर्मा , यहाँका केही सामाजिक र राजनीतिक अगुवाहरुले २०७२को विनासकारी भूकम्पमा चित्कार छाडिरहेका मनहरुलाई थोरै भए पनि थुम्थुम्याउने चेष्टा गरेर मेची अभियान नामक बिपत्तिको बेलामा साथी बन्न सक्ने अभियानको एउटा यात्राको आरम्भ गरे जसको नाम मेची अभियान रहन गयो ।
तत्कालिन समयमा पूर्वी नेपालका पहाडि जिल्लामा बिनासकारी भूकम्पको पिडामा आफन्तजनदेखि भौतिक संरचना सम्म गुमाउन पुगेका भोका मानिसहरु सम्म मेची अभियान हाजिर भयो र आफुले सकेको सहयोग र सान्तवना छोडेर आएको थियो ।मेची अभियानका अभियानकर्मीहरुका अनुसार त्यो समयमा भूकम्प पिडितलाई सहयोग गर्न जाँदा उनीहरुमा देखिएको आफन्तजन गुमाउँदाको पिडा, आफु ओता लाग्ने झुपडीको भग्नावशेष र मानवीय शोक माथिको भोकको पिडाको दारुण दृश्यले मेची अभियानकर्मीहरुलाई मनले मनसँग मात्र छोएन यसले समाजमा गर्नु पर्ने वास्तविक सुकर्मको यात्राका लागि अझ देखिने गरि भित्रैबाट मानवीय सेवा भावको उर्जा र जिम्मेवारी बोधको ढोका समेत खुलेको मेची अभियानका संयोजक बिजय डालमियाँले बताए ।

मेची अभियानको मानवीय सेवा र सामाजिक सेवाको जिम्मेवारी बोधको निरन्तरतालेनै भन्नु पर्छ कोरोना भाइरसको संक्रमणको यो अर्को बिपतमा लकडाउनमा रहेका स्थानिय नागरिकका लागि आज पनि मेची अभियानकर्मीहरु आफ्नो यथाशक्य परोपकारको यात्रामा रहेकाछन् । यो बेलामा मेची अभियानले अहिले झापाका बिभिन्न स्थानमा डिस इन्फेक्सन टनेलको निमार्ण, भारतको पानीटेंकी नाकामा अलपत्र नेपालीहरुलाई खाध्यन्नको ब्यवस्था र काठमाडौबाट झापाका लागि निशुल्क रुपमा बिध्यार्थी ल्याउने लगायतका कार्यमा अहिले पनि मेची अभियानका अभियानकर्मीहरु अहोरात्र खटेकाछन् । बिपत्तिको बेलामा सके जति मानवीय सहयोग गर्नुनै मेची अभियानको एक मात्र उद्देश्य रहेको सामाजिक अगुवा तथा मेची अभियानका संयोजक बिजय डालमियाँ बताउँछन् । स्थानिय सरकारको दुष्टिले नभ्याएका कतिपय अति बिपन्न परिवारका सदस्यलाई नितान्त ब्यक्तिगत र छिमेकीको रुपमा समेत अभियान अभियान्ताहरुले सहयोग समेत गर्दै आएकाछन् ।
रातो गाडी राहतको गाडी
राजनीतिलाई भन्दा पनि समाजसेवाको क्षेत्रमा अलिक बढि ख्याल गर्ने बिजय डालमियाँ अरु समयमै पनि स्थानिय क्षेत्रमा राजनीतिक कार्यकर्ता भन्दा सामाजिक अगुवाका रुपमा आफुलाई चिनाउन चाहान्छन् । संकटका बेला मान्छेनै मान्छेको सबै भन्दा नजिकको साथी बन्नु पर्छ भन्ने मान्यतालाई पहिलो स्थान दिने डालमियाँले मेची अभियानका अलवा ब्यक्तिगत रुपमा समेत लकडाउनको समयमा स्थानिय अति बिपन्नहरुलाई सहयोग गरेकाले अहिले उनको गाडीलाई राहतको गाडी भन्ने समेत गरिएको छ । हामीले लकडाउनको प्रारम्भिक दिनमा अति बिपन्न नागरिकहरुलाई सके जति सहयोग गरेका थियौँ र राहत यही गाडीमा लिएर गएकाले पनि होला अहिले पनि अन्य कामले बाहिर निस्कदा राहतको गाडी आयो भन्ने मैले पनि सुनेका छु डालमियाँले बताए ।
केही दिन अघि सम्म स्थानिय क्षेत्रका दिर्घ रोगका बिमारीहरुलाई औषधीको समेत सेवा पु¥याउँदै बृद्धबृद्धा र अशक्तहरुका घरै सम्म औषधी समेत पु¥याउँदै आएकाले पनि रातो गाडीको नामनै राहतको गाडी बन्न पुगेको छ । नगरपालिकाको तत्कालको नियमानुसार राहत एकद्धार प्रणालीबाट मात्र वितरण गरिएको छ । तर, मेची अयिभानले भने झापा बिभिन्न स्थानमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि डिसइन्फेक्सन टनेलको निमार्णका लागि जिल्लाका अन्य नगरपालिका र स्थानिय प्रशासनहरुसँग समेत सहकार्य गर्दै आएको मेची अभियानमा समेत सकृय रहेका राप्रपाका स्थानिय नेता तथा सामाजिक अगुवा शुशिल आचार्य बताउँछन् ।
मेचीनगरपालिकाले राहत वितरण एकद्धार प्रणालीबाट लागू गरेपछि अहिले तपाइँहरु के गर्दै हुनुहुन्छ भन्ने हाम्रो जिज्ञासामा डालमियाँले भने— ‘यो बेला हाम्रो तर्फबाट स्थानिय सरकार, स्थानिय प्रशासन र नागरिकहरुसँग सहकार्य गरेर धेरै काम गर्न सक्छौँ भन्ने हामीलाई लागेकोछ । लकडाउनलाई प्रभावकारी बनाउन नागरिक र स्थानिय प्रशासन बीचको सहभागितालाई सकारात्क रुपमा यसको प्रचारप्रसार गर्नु पनि एक प्रकारको हाम्रो जिम्मेवारीनै हो । यसका अलवा हाम्रो अभिायनको तर्फबाट स्थानिय सरकारसँग सहकार्य गरेर आम नागरिकलाई राहत लगायतका अन्य सहयोग र सेवा पु¥याउन मेची अभियान र यसका अभियानकर्मीहरु हरसमय तयार रहेकाछौँ ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button