एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड गावोन तथा इंग्लिस क्लब आर्सनलका कप्तान पिएरे इम्रिक औवामियाङ अनुबन्ध नजिक पुगेको छ । रियल सेन्टर फरवार्ड औवामियाङलाई क्लबमा अनुबन्ध गर्न निकै चासो देखाइरहेको छ ।
रियलले फरवार्ड औवामियाङबारे निर्णय गर्न आर्सनललाई १५ जुनसम्मको समयसीमा तोकेको छ । औवामियाङको आर्सनलमा सम्झौता यो समरसँगै सकिदैछ । क्लब अहिले प्रिमियर लिगको नवौं स्थानमा रहेका कारण च्याम्पियन्स र युरोपा लिग खेल्ने सम्भावना न्युन रहेका कारण पनि औवामियाङले आर्सनल छाड्न सक्नेछन् । औवामियाङको चाहना च्याम्पियन्स लिग खेल्ने र कम्तीमा पनि युरोपा लिग खेल्ने धोको छ । आर्सनल चौथो स्थानको चेल्सीभन्दा १८ अंकले पछि छ ।
त्यसैले पनि रियल औवामियाङलाई अनुबन्ध गर्न सफल हुनेमा आशावादी छन् । रियल र आर्सनलबीच औवामियाङको विषयमा केही सातामा नै निष्कर्षमा पुग्न सक्ने छ । औवामियाङलाई अनुबन्ध गर्न नसकेको खण्डमा रियलले अन्य सेन्टर फरवार्डको खोजीमा जुट्नेछ । रियलले आर्सनलबाटै लोनमा खेलिरहेका ड्यानी सेवालसलाई स्थायी रुपमा रियलमा बेच्दै औवामियाङलाई क्लबमा ल्याउन सक्नेछ ।
सेवालेसले आर्सनलमा उत्कृष्ट समय बिताइरहेका छन् । स्पेनिस मिडफिल्डर सेवालसले यो सिजन आर्सनलका लागि २४ खेल खेलेका छन् ।रियलले ला लिगामा यो सिजन २७ खेलमा मात्रै ४९ गोल गरेका छन् । रियलमा अहिले सेन्टर फरवार्डको रुपमा करिम बेन्जेमा मात्रै रहेका छन् । बेन्जेमाले १४ गोल गरेका छन् ।
२०१८ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट आर्सनल आएका ३० वर्षीय औवामियाङले यो सिजन ३२ खेलमा २० गोल गरेका छन् । रियलले औवामियाङ अनुबन्धको लागि बार्सिलोना, म्यानचेस्टर युनाइटेड, चेल्सी र इन्टर मिलानसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।hamrokhelkud/from



