
एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा बोरुसिया मोन्चनेग्लाडवाचले सहज जित हात पारेको छ । मोन्चेनग्लाडवाचले घरेलु टोली फ्रन्कफर्टमाथि ३–१ को सहज जित हात पारेको हो ।
कमर्जबैंक एरिना फ्रन्कफर्टमा शनिबार राति भएको खेलमा बोरुसियाको जितमा एलासेन प्लि, मार्कुस थुराम र रामी विन्सेबैनीले गोल गरे । फ्रन्कफर्टका आन्द्रे सिल्भाले सान्त्वना गोल फर्काए । खेलको पहिलो मिनेटमा नै जोनस होफमनको पासमा एलासेनले गोल गर्दै बोरुसियालाई शुरुवाती अग्रता दिलाएका थिए । सातौ मिनेटमा मार्कुसले रामीको पासमा गोल गर्दै मोन्चेनग्लाडवाचको अग्रता दोब्बर पारे ।
७३औं मिनेटमा रामीले गोल गर्दै मोन्चेनग्लाडवाचलाई ३–० को अग्रता दिलाए । ८१औं मिनेटमा घरेलु टोलीका आन्द्रे सिल्भाले गाल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि हार टार्न नसक्दा मोन्चेनग्लाडवाच ३–१ ले विजयी हुन सफल भयो । जितपछि मोन्चेनग्लाडवाच आरबी लाइप्जिगलाई पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको छ । मोच्नेनग्लाडवाचको ५२ तथा लाइप्जिगको ५१ अंक छ । फ्रन्कफर्ट २८ अंक जोडेर १३औं स्थानमा छ ।
विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड–१९ का कारण गएको मार्चको दोस्रो सातादेखि विश्व खेलकुद ठप्प हुदा बुन्डेस लिगा पनि प्रभावित बनेको थियो । युरोपको घरेलु लिगमा बुन्डेस लिगा कोरोनापछि सुचारु हुने पहिलो चर्चित लिग बनेको छ । फ्रेन्च लिग वान, बेल्जियम लिग, डच लिग स्थगित भइसकेका छन् । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ शुरु हुने योजनामा छ ।hamrokhelkud/from
अन्य नतिजा
डर्टमन्डविरुद्ध साल्के (४–०)
अग्सवर्गविरुद्ध वल्सवर्ग (१–२)
डुसेलडर्फविरुद्ध पाडेरवर्न (०–०)
आरबी लाइप्जिगविरुद्ध फ्रेइवर्ग (१–१)
होफेनहाइनविरुद्ध हर्था बर्लिन (०–३)



