खेलकुद

क्रुस प्रिमियर लिग जाने सपना देख्दैनन्

एजेन्सी – मिडफिल्डर टोनी क्रुसको रियल म्याड्रिडसँगको सम्झौता सन् २०२३ सम्म रहेको छ । त्यसैले क्रुसले अहिले सम्म इंग्ल्यान्ड जाने विषयमा कल्पना नगरेको बताएका छन् । क्रुस २०१४ मा जर्मन क्लब बायर्न म्युनिखबाट रियल पुगेका थिए ।

रियलमा उनी टोलीको महत्वपूर्ण सदस्य रहँदै आएका छन् । जर्मन मिडफिल्डर क्रुसले रियलसँगको सम्झौता सम्म कतै नजाने प्रष्ट पारेका छन्। त्यसपछि मात्र अर्को निर्णय लिने उनले बताएका छन् ।

‘मेरो अहिलेको योजना भनेको अबको तीन वर्ष रियलमै रहने हो । त्यसपछि म ३३ वर्षको हुनेछु । त्यति बेला आफैसँग प्रश्न गर्नेछु । त्यो बेला मेरो शारीरिक र मनोबल कस्तो हुन्छ ,’ उनले भने, ‘म अहिले जस्तै रहन्छु वा फरक हुन्छु ।’

रियलसँगको सम्झौता सकिएपछि मात्र अरु विषय सोचिने उनले बताए । ‘त्यति बेला पनि अहिले जस्तै प्रदर्शन गर्न सकेको अवस्थामा अर्को एक वर्षको प्रस्ताव आएमा त्यसलाई पनि स्वीकार्न सकिनेछ,’ उनले थपे ।

रियलसँगको सम्झौताकै अवधिमा प्रिमियर जाने विषयलाई भने उनले अस्वीकार गरे । इंग्ल्यान्डमा पनि फिजिकल खेल हुन्छ । मलाई लाग्दैन ३३ वर्षको उमेरमा त्यहाँ जाने विषयमा मैले सोचेको छैन ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा क्रुसले बायर्नबाट खेलेका थिए । उनले पूर्व प्रशिक्षकसँग पुनः जोडिने विषयमा भने, ‘मलाई लाग्दैन मेरो लागि त्यस्तो विकल्प हुनेछ ।’

यति बेला भने उनी रियललाई बाँकी सिजनमा कसरी उपाधि दिलाउने भन्नेमा केन्द्रित छन् । ला लिगामा रियल शीर्ष स्थानको बार्सिलोना भन्दा २ अंकले पछाडि छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button