
ललितपुर।
नेपाल सरकारले लकडाउन पुनः जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस कोभिड १९ को जोखिम झनै बढेको निष्कर्ष निकाल्दै लकडाउनको समय जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
यस अघि मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।



