यमलाल भुसाल, बुटवल ।
क्वारेन्टाइनमा रहेकाहरुको खानपिनको ब्यवस्थापनमा राखिएका कामदार भागे पछि रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव क्वारेन्टाइनमा बस्नहरुका लागि आफै खाना पकाएका खुवाउन थालेका छन् ।
तत्कालको लागी केही ब्यवस्था नभए पछि गाउँपालिका अध्यक्ष, रोहिणी गाउँपालिकाका जनप्रतिनिधि र धकधईका स्थानिय समाजसेवी मिलेर क्वारेन्टाइनमा बस्नेहरुका लागी खाना पकाएका हुन् ।
रोहिणी गाउँपालिकाको धकधईमा रहेको रामनरेश माध्यमिक बिद्यालयमा रहेका ६० जनाको लागी खाना पकाउन कामदार नै राखिएको थियो। तर क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको माग अनुसार खाना कामदारहरुले बनाउन नसके पछि उनिहरु रिसाएर आईतबार राती नै फर्किएका थिए ।
क्वारेन्टाइनमा बस्नेहरुले दैनिक रुपमा आफ्नो रुचि अनुसारको भोजन खाना पाउनु पर्ने माग राख्दै आएका थिए । सामुहिक मेसको रुपमा खाना खुवाईदै आए पनि क्वारेन्टाईनमा बस्नेहरुको धेरै थरि कुरा आए पछि कामदारहरु रिसाएर भागेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो ।
आईतबार नै कामदार भागे पछि क्वोन्टाईनमा रहेकालाई खाना खुवाउनेको समस्या देखिएको उहाँको भनाई रहेको छ । उनिहरुलाई खाना खुवाउन आफै खाना बनाउन अघि सरेका गाउँपालिका अध्यक्षलाई गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, धकधईका अगुवा बिद्या यादव र जुद्ध बहादुर चौधरीले साथ दिएका छन । गाउँपालिकाका कार्यालय सहयोगी गंगा लोनियालाई मुख्य भान्से बनाई यो टोलीले क्वारेन्टाईमा रहेका ६० जनाको लागी मासु भात पकाएर खुवाएको छ ।
उहाँले क्वारेन्टाईनमा बस्नेहरुले पनि अहिले महामारीको समयमा भने अनुसारको कसैले पनि गर्न नसक्ने भन्ने बुझ्न जरुरी रहेको बताउनु भयो । “यस्तो अवस्थामा सबै थोक पु¥याउन सकिदैन त्यो बुझ्न आवश्यक छ” ।
तत्कालको लागी आफैले खाना पकाएर खुवाए पनि सधै त्यो सम्भव नरहेकोले त्यसको ब्यवस्थापन गर्न लागेको उहाँले बताउनु भयो ।
सामान्यतया क्वारेन्टाईनमा बस्नेलाई भने पछि खाना पकाउने कामदारहरु नमानेको गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले बताउनु भयोे। अहिले ब्यवस्थापन नहुदा सम्म २ नम्बर वडाका कार्यालय सहयोगी गंगा लोनियाले नै खाना पकाउने जिम्मा दिईएको छ ।
कामदारको ब्यवस्था भए पनि लोनियाकै रेखदेखमा खानाको ब्यवस्थापन गरिने पाण्डेले बताउनु भयो ।newsofnepal/from



