खबरमूल खबर

लकडाउनमाः होप मिसन नेपालद्धारा आधारभूत खाद्यान्न तथा सरसफाइका सामग्रीहरूको वितरण

ललितपुर । संसारभरि नै फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमणको त्रासका कारण नेपाल हालसम्म लकडाउनको अवस्थामा छ ।
यही लकडाउनको असरले आधारभूत खाद्यान्न तथा सरसफाइका सामग्रीहरूको समेत अभाव देखिन थालेपछि सामाजिक गैह्र सरकारी संस्था होप मिसन नेपालले तराई जिल्लाका विभिन्न स्थानहरु, काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीका वासिन्दाहरू, पाटन संयुक्त क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी र विभिन्न जिल्लाका निर्माण मजदुरहरू गरी १०० भन्दा धेरै परिवारलाई राहत वितरण गरेको छ ।

वितरण गरिएको राहतमा चामल, दाल, नुन, चिनी, तेल, साबुन तथा जनचेतनाका सामग्रीहरू रहेका थिए । आफूले नियमित रूपमा गर्दै आएका कामहरू रोकिएपछि बिहान बेलुका के खाने भन्ने समस्या भएको अवस्थामा यो राहतले केही दिनकै लागि भए पनि सहायता गर्ने भन्दै राहत प्राप्त गर्नेहरूले खुशी व्यक्त गरेका थिए । संस्थाका संस्थापक कार्यकारी निर्देशक सुरेश कुमार योञ्जनले यस दुःखद् घडीमा एकअर्काको सहयोगी बन्नु र आफूले सकेको सहायता गर्नु नै मानवताको धर्म भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button