खेलकुद

फ्रान्कफर्टमाथि बायर्नको फराकिलो जित

जेन्सी – शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले फ्रान्कफर्टमाथि ५–२ को फराकिलो जित निकालेको हो ।

एलियन्ज एरिनाको शनिबार राति भएको खेलमा बायर्नको जितमा लियोन गोरेट्जका, थोमस मुलर, रोवर्ट लेवान्डोस्की र अलफन्सो डाभिसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मार्टिन हिन्टटेरिगरले आत्मघाती गोल गरेका थिए । फ्रान्कफर्टका लागि दुवै गोल मार्टिन हिन्टटेरिगरले नै गरेका थिए ।

घरेलु मैदानमा बायर्नले खेलको १७औं मिनेटमा थोमस मुलरको पासमा लियोन गोरेट्जकाको गोलबाट अग्रता बनाएको थियो । ४१औं मिनेटमा अलफन्सोको पासमा थोमस मुलरले गोल गरेपछि बायर्नले पहिलो हाफमा २–० को अग्रता बनाउन सफल भयो ।

दोस्रो हाफको शुरुमै स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले किङ्सले कोमानको पासमा गोल गरेपछि बायर्न फराकिलो जिततर्फ अग्रसर बनेको थियो । तर, चार मिनेटको अन्तरमा मार्टिन हिन्टटेरिगरले दुई गोल गरेपछि खेल ३–२ को अवस्थामा पुगेको थियो ।

५२औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले सेवास्टिन रोडको पासमा गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएका थिए । ५५औं मिनेटमा सेवास्टिनकै पासमा मार्टिनले व्यक्तिगत दोस्रो गोल गरेपछि फान्कफर्टलाई खेलमा फर्काएका थिए । तर, ६१औं मिनेटमा अलफन्सोले गोल गरेपछि बायर्नले खेलमा ४–२ को अग्रता बढाउन सफल भयो ।

दुई गोल गरेर खेलमा नायक सावित भएका मार्टिनले ७४औं मिनेटमा खलनायक सावित भए । उनले आफ्नै पोस्टमा गोल गर्न पुग्दा बायर्नले खेलमा ५–२ को अग्रता लिदा फ्रान्कफर्टको खेलमा फर्कने सम्भावना सकिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

जितसँगै बायर्नले शीर्षस्थानमा पुनः ४ अंकको अग्रता कायम गर्दै उपाधि यात्रालाई थप बलियो बनाएको छ । बायर्नको २७ खेलबाट ६१ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डको ५७ अंक रहेको छ । डर्टमन्डले वल्फस्वर्गमाथि २–० को जित निकाल्दै शीर्षस्थानको बायर्नलाई दवाव बढाइरहेको छ । पराजित फ्रान्कफर्ट २६ खेलबाट २८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button