खबर

आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउँदै

तस्बिर गुगल

धरान । मुस्मिल समुदायको महान पर्व रमदान महिना सकिएको खुशियालीमा आज ‘इद–उल–फित्र’ मनाउँदै छन् ।

सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । मुस्लिम समुदायले यो रमदान महिनाभरि कठोर ब्रत बस्ने गरेका छन् । एक महिनासम्म लामो ब्रत बसेपछि इद–उल–फित्र पर्व मनाउने गरिएको छ । हिजरी संवतको रमदान महिना इस्लाम धर्मावलम्बीको सौब्बाल महिनाको पहिलो तारिखका दिन ईद मनाउने परम्परा रहेको छ ।

चन्द्रमाको गतिका आधारमा ईद पर्व मनाइने गरिन्छ । सरकारले आइतबार नै ईदको बिदा दिए पनि चन्द्रमा नदेखिएपछि बिदा सच्याएर सोमबार बनाएको हो । भूगोलअनुसार फरकफरक समयमा ईद पर्ने गरेको छ । ईदका दिन एकअर्कोबीच सद्भाव कायम राख्ने र सत्कर्म गर्ने प्रेरणा प्राप्त गर्दछन् । विशेष गरी इस्लामको मुख्य धार्मिक ग्रन्थ कुरानमा सद्विचार र सत्कर्म गर्न प्रेरित गरेको छ ।

ईदको दिन मोल्वी (धर्मगुरु) ले कुराना वाचन गर्ने गरेका छन् । ईदका दिन एकअर्काबीच शुभकामना साटासाट गर्नेदेखि लिएर आफ्नाआफन्तकहाँ भेटघाट गर्ने चलन पनि रहेका छ । यो दिन नयाँ पोसाक पहिरिने र सेवइलगायत मिष्ठान भोजन खाने गरेका छन् ।

यस दिन मस्जीदमा भेला भएर नमाज पढ्ने परम्परा रहे पनि यसपटक कोरोना भाइरसको जोखिका कारण घरघरमै नमाज पढेर ईदको खुशीयाली साटासाट गर्ने नेपाल मुस्लिम आयोगका जिल्ला सदस्य फिरोज अलीले जानकारी दिए ।ब्लाष्ट खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button