मूल खबर

नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुग्यो

३२ जेष्ठ २०७७
ललितपुर ।

आज थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७५ जना पुरुष र ५० जना महिला रहेका छन् । अहिले सम्म कोरोना संक्रमण नेपालका ७३ जिल्लामा फैलिएको छ ।यस्तै, अहिले सम्म ९७४ जना डिस्चार्ज भएका छन् जसमध्ये पुरुष ८७७ र महिला ९७ रहेका छन् ।

नेपालमा दिनानुदिन कोरोना संक्रमितको बढ्दै गएको छ । प्राप्त पछिल्लो जानकारीमा आएको संक्रमितको संख्या संगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ । यस्तै आज कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button