खेलकुद

लिभरकुसन चौथो स्थानमा उक्लियो

अषाढ १, २०७७

एजेन्सी – बायर लिभरकुसन जर्मन बुन्डेसलिगाको चौथो स्थानमा उक्लिएको छ । साल्केसँग १–१ गोलको बराबरीमा रोकिएपनि लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लन सफल भएको हो ।

लिभरकुसनले बोरुसिया मोन्चेनग्लडवाकलाई पछि पार्दै चौथो स्थानमा उक्लन सफल भएको हो । लिभरकुसनको ३१ खेलबाट ५७ अंक पुगेको छ । समान खेलबाटै मोन्चेनग्लाडवाकको ५६ अंक छ । यस्तै साल्के पनि नवौं स्थानमा उक्लन सफल भएको छ । साल्को ३९ अंक पुगेको छ ।

भेल्टिन्स एरिनामा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । घरेलु टोलीमाथि लगतार दवाव सिर्जना गरेपनि लिभरकुसनले गोल गर्न असमर्थ बनेको थियो ।

घरेलु टोलीलाई लगातार दवावमा राखेपनि आफ्नै गल्तीमा लिभरकुसनले गोल खान पुगेको थियो । ४७औं मिनेटमा लिभरकुसनका इडमोन्ड तापसोवाले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा साल्केलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा ड्यानियल कालिगुइरी चुकेनन् ।

खेलमा पछि परेपछि लिभरकुसनले घरेलु टोलीलाई लगातार दवाव दिइरहेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ८१औं मिनेटमा जुवान मिरान्डाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरी पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो ।

यस्तै आइतबार राति नै भएको अर्काे खेलमा अग्सवर्गले माइन्जलाई १–० ले पराजित गरेको छ । खेलको पहिलो मिनेटमा फ्लोरियन निदेरलेच्नरले गरेको गोल नै अग्सवर्गको जितमा निर्णायक बन्यो । जितसँगै अग्सवर्ग ३५ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । हारपछि माइन्ज ३१ अंक जोडेर १५औं स्थानमा यथावत छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button