मूल खबर

मेचीनगरको छैठौ नगर सभाप्रति राप्रपाको आशंका , अख्तियार, प्रशासन ,प्रदेश र संघीय सरकारलाई ग¥यो अपिल

मेचीनगरको छैठौ नगर सभाप्रति राप्रपाको आशंका , अख्तियार, प्रशासन ,प्रदेश र संघीय सरकारलाई ग¥यो अपिल


मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको छैठौ नगर सभाप्रति राप्रपा क्षेत्रिय समिति क्षेत्र नं १ झापाले नगरसभाका कृयाकलापप्रति शंका ब्यक्त गरेको छ । असार १० गते कानूनत अनिवार्य रुपमा ल्याउनु पर्ने आवको नीति तथा कार्यक्रम नगरले स्थगन गरेर कानूनी प्रश्न र नागरिकप्रति नगरपालिकाको जिम्मेवारीका विषयमा प्रश्न उठि रहेको बेला असार २४ गतेको नगरसभाका गतिविधिले थप आशंका समेत जन्मेको राप्रपा क्षेत्रिय कार्यसमिति द्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।राप्रपा क्षेत्रिय कार्य समितिका अध्यक्ष रमेश दाहालले बिहिबार जारी गरेको विज्ञप्तिमा असार १० गतेको नगरसभा लेखिएको मितिको ब्यानर २४ गतेको नगरसभामा राख्नु र असार १० कै मितिको बजेट पुस्तिका वितरण गर्नुले मेचीनगरको छैठौ नगरसभा असार १० गते गरिएको पार्न खोजिएको त होइन भन्ने आशंका विज्ञप्तिमा उल्लेख गरिएको छ ।


विज्ञप्तिमा आफ्ना निहित स्वार्थसँग जोडिएका कमजोरी लुकाउन स्थगन गरिएको नगरसभाकै मितिमा नगरसभा सम्पन्न भयो भन्ने पार्नका लागि असार २४ को नगरसभामा असार १० को कार्यक्रमको ब्यानर र असार १० को बजेट पुस्तिका वितरणले समितिको गंम्भीर ध्यानाकर्र्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा नगरसभाका विषयमा नगरपालिकाले गरेका आफ्नै गतिविधिले बाहिर ल्याएका यावत शंकाको स्पष्टताका लागि समितिले अख्तियार दुरुपयोग अनुसंन्धान आयोग, जिल्ला प्रशासन कार्यालय झापा, प्रदेश नं १ को सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गरिएको छ ।
विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button