खेलकुद

सन चम्कदा टोटेनहमले आर्सनललाई हरायो

अषाढ २९, २०७७

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन चम्कदा इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले आर्सनललाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहमले एक गोलले पछि परेको स्थिति उल्ट्याएर आर्सनलमाथि २–१ को जित निकालेको हो ।

सनले एक गोल गर्नुका साथै विजयी गोलका लागि असिस्ट दिएका थिए । टोटेनहम हस्टपुर मैदानमा आइतबार राति भएको खेलको १६औं मिनेटमा एलेसान्द्रे लाकजेट्टीको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । तर, आर्सनलको त्यो अग्रता लामो समय टिकेन । १९औं मिनेटमा सनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ८१औं मिनेटमा टोवी एल्डरवेइरेल्डले सनको पासमा गोल गर्दै टोटेनहमलाई २–१ को जित दिलाए । यो जितले टोटेनहम ३५ खेलबाट ५२ अंक जोडेर आठौं स्थानमा उक्लदा आर्सनल ५० अंक जोडेर नवौं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button